Kathmandu Press

रौनकको शतक र विपिनको घातक बलिङमा भुटानमाथि नेपालको फराकिलो जित

रौतक श्रीवास्तावको शतक र कप्तान विपिन शर्माको घातक बलिङ मद्दता नेपालले भुटानमाथि २९८ रनको फराकिलो अन्तरको जित निकाल्यो। 
रौनकको शतक र विपिनको घातक बलिङमा भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं, असार १७ : मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले लागतार चौथो जित निकालेको छ। 

रौतक श्रीवास्तावको शतक र कप्तान विपिन शर्माको घातक बलिङ मद्दता नेपालले भुटानमाथि २९८ रनको फराकिलो अन्तरको जित निकाल्यो। 

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमै अलआउट भयो। उसका लागि सेन्जाङ दावाले १४ र उगेन केल्जन छोपेलले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा
स्कोर बनाउन सकेनन्। नेपालले अतिरिक्त २२ रन दिएको थियो।

Hardik ivf

भुटानको इनिङ ध्वस्त बनाउने क्रममा नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गरेर उनले १० ओभरमा ६ मेडनसहित ७ रन मात्र खर्चेर ४ विकेट लिए भने सचिव भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सुयोग भट्टराईले पनि २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो।

नेपालका लागि रौनक श्रीवास्तवले शतक प्रहार गरे। उनले १२३ बलमा १६ चौका र ५ छक्का मद्दतमा १६८ रनको उत्कृष्ट पारी खेले। यस्तै, जोय थापाले ६७ बलमा ६१ रन बनाउँदा शिवान्स बजगाईंले ५२ बलमा ५४ रन बनाए।

रौनक र जोयले पाँचौं किवेटका लागि १३० बलमा १७० रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै, रौतकले तेस्रो विकेटका लािग शिवान्ससँग ९१ र चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनकाृ साझेदारी गरेका थिए।

बलिङमा भुटानका संगय दोजीएले ३ तथा तेन्जिन लोडी जाम्ट्सोले १ विकेट लिए।

अब नेपालले समूहको अन्तिम खेलमा आयोजक मलेसियासँग बिहीबार खेल्ने छ। नेपाल यसअिघ नै सेमिफाइनलमा पुगिसकेको थियो।
 

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्