Kathmandu Press

‘कुलिङ पिरियड’ विवादले स्थगित भयो समितिको बैठक 

समितिको बैठक सुरु हुनु अघि माओवादीका सांसदले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ‘बाहेक’ भन्ने शब्द कसरी थपियो भन्दै सभापति रामहरी खतिवडासँग जवाफ मागेका थिए। 
‘कुलिङ पिरियड’ विवादले स्थगित भयो समितिको बैठक 
फाइफ तस्बिर।

काठमाडौं, असार १७ : प्रहरी विधेयकबारे छलफल गर्न डाकिएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक ‘कुलिङ पिरियड’ विवादका कारण स्थगित गरिएको छ। 

समितिको बैठक सुरु हुनु अघि माओवादीका सांसदले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ‘बाहेक’ भन्ने शब्द कसरी थपियो भन्दै सभापति रामहरी खतिवडासँग जवाफ मागेका थिए। 

Hardik ivf

तत्काल जवाफ दिन सक्ने अवस्था नरहेपछि बैठक नै स्थगित गर्नुपरेको जनाइएको छ । समितिमा प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो। 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा विचमा एउटा उपदफा घुसाएर ‘बाहेक’ थपिएपछि विवादको रुप लिएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्