Kathmandu Press

कुलिङ पिरियडमा गल्ति देखिए कारबाही भोग्न तयार छु : सभापति खतिवडा 

‘यो कसको गल्तीबाट भएको छ। छानविन हुनुपर्छ र कारबाहीको दायरामा ल्याउनुपर्छ ,’ खतिवडाले पत्रकारसँग भने। 
कुलिङ पिरियडमा गल्ति देखिए कारबाही भोग्न तयार छु : सभापति खतिवडा 

काठमाडौं, असार १७ : राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ को चलखेलमा छानबिन हुनुपर्ने बताउँदै आफ्नो गल्ती भेटिए कारबाही भोग्न तयार रहेको भनाई राखेका छन्। 

सभापति खतिवडाले यस बिषयमा आफुले सभामुख देवराज घिमिरेलाई छानविनका लागि आग्रह गरेको पनि बताए। 

समितिले एउटा निर्णय गरेर त्यहीअनुसार अघि बढेको अवस्थामा एउटा उपदफा थपेर विधेयक संसदमा लगिएको दाबी समेत खतिवडाले गरे। 

‘यो कसको गल्तीबाट भएको छ। छानविन हुनुपर्छ र कारबाहीको दायरामा ल्याउनुपर्छ ,’ खतिवडाले पत्रकारसँग भने। 

खतिवडाले कानुन र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समितिमा आमन्त्रण गरे पनि उपस्थित नभएको समेत बताए। 

उनले यसमा आफैँमाथि पनि छानविन हुनुपर्ने बताउँदै दोषी देखिए कारबाहीको दायरामा आउन तयार रहेको भनाई राखे। 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्