Kathmandu Press

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो?, की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्,’ उनले समाजिक सञ्जालमा लेखेका छन्। 
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

काठमाडौं, असार १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। 

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन सभापति खतिवडा आग्रह गरेका छन्। 

‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो?, की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्,’ उनले समाजिक सञ्जालमा लेखेका छन्। 

यस्तै, उनले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् । ‘पढ्दै नपढेर ‘हुन्छ’,  ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्