Kathmandu Press

रौनकको शतकमा नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

जारी खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो।
रौनकको शतकमा नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

काठमाडाैं, असार १७ : मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले चौथो खेलमा भुटानलाई ३५९ रनका विशाल लक्ष्य दिएको छ। जारी खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो।

नेपालका लागि रौनक श्रीवास्तवले शतक प्रहार गरे। उनले १२३ बलमा १६ चौका र ५ छक्का मद्दतमा १६८ रनको उत्कृष्ट पारी खेले। यस्तै, जोय थापाले ६७ बलमा ६१ रन बनाउँदा शिवान्स बजगाईंले ५२ बलमा ५४ रन बनाए। 

Hardik ivf

रौनक र जोयले पाँचौं किवेटका लागि १३० बलमा १७० रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै, रौतकले तेस्रो विकेटका लािग शिवान्ससँग ९१ र चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनकाृ साझेदारी गरेका थिए। 

बलिङमा भुटानका संगय दोजीएले ३ तथा तेन्जिन लोडी जाम्ट्सोले १ विकेट लिए। 

लागतार तेस्रो जित निकाल्दै नेपाल यसअिघ नै सेमिफाइनलमा पुगिसेकको छ। 

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्