Kathmandu Press

पत्रकार श्रीलोचन राजोपाध्यायलाई खेल पत्रकारिता पुरस्कार

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री तेजुलाल चौधरीले राजोपाध्यायलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्रबाट सम्मान गरे।
पत्रकार श्रीलोचन राजोपाध्यायलाई खेल पत्रकारिता पुरस्कार

काठमाडौं, असार १५ : लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील श्रीलोचन राजोपाध्याय खेलकुद पत्रकारिता सम्मानबाट पुरस्कृति भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री तेजुलाल चौधरीले राजोपाध्यायलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्रबाट सम्मान गरे।

Hardik ivf

राजोपाध्याय एक दशकबढी समयदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन्। 

सो अवसरमा अन्य ९ जना पत्रकारलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। उनीहरुलाई २५ हजार नगदसहित सम्मान पत्र प्रदान गरियो।

Photo-(5)-(9)-1751288326.jpg
 

यस्तै, राष्ट्रिय खेलकुद सम्मान पनि प्रदान गरियो। जसमा ६ जना खेलाडी, एक–एक प्रशिक्षक, निर्णायक र चिकित्सक गरी ९ जनालाई सो सम्मान प्रदान गरियो। सम्मानको राशी एक लाख रुपैयाँ थियो।

खेलाडीतर्फ पारा तेक्वान्दोका भरतसिंह महता, तेक्वान्दोका प्रेमबहादुर लिम्बु, वीरबहादुर महरा र कबड्डीकी अनुजा कुलुङ राई, र मानमती बिष्ट तथा फुटबलकी दिपा शाही छन्। 

यस्तै, प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा, निर्णायकमा बक्सिङका धनकुमार मैनाली र चिकित्सकमा डा.राजु डंगोल (मर्हजन) छन्। 
 

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असार १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्