Kathmandu Press

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो।
सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

जनकपुर, असार १६ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन्।

गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो। प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन्।

मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए।

स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्