Kathmandu Press

सशस्त्र प्रहरी बलमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्मको बढुवा 

सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जनासहित कुल दुई हजार एक सय ९६ जनाको बढुवा निर्णय भएको हो। 
सशस्त्र प्रहरी बलमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्मको बढुवा 

काठमाडौं, असार १६ : सशस्त्र प्रहरी बलमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म दुई  हजार भन्दा बढी बढुवा भएका छन्।

सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जनासहित कुल दुई हजार एक सय ९६ जनाको बढुवा निर्णय भएको हो। 

Hardik ivf

सशस्त्र प्रहरी बल मुख्यालयले बढुवाका लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवाका लागि आवेदन माग गरेको थियो। 

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । अब खाली रहेका अन्य दर्जामा पनि चाँडो बढुवा प्रक्रिया सुरु हुने बताइएको छ। 

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, असार १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्