Kathmandu Press

हत्कडीसहित फरार रहेका ठकुरी गोंगबुबाट पक्राउ 

चोरी मुद्दामा अदालतमा हाजिर गराइएका उनी काठमाडौं जिल्ला अदालतको शौचालयबाट भागेका थिए।
हत्कडीसहित फरार रहेका ठकुरी गोंगबुबाट पक्राउ 

काठमाडौं, असार १५ : काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा गोंगबु बसपार्क पक्राउ परेका छन्।

आइतबार बिहान जिल्ला अदालत लगेका निराजन ठकुरी भन्ने दशरथ शाही हतकडीसहित भागेका थिए। ठकुरी साँझ गोंगबु बसपार्क एरियाबाट पक्राउ परेका हुन्। 

रूकुम पश्चिम घर भई गोंगबु बस्ने शाही गत जेठ २० गते पक्राउ परेका थिए। चोरी मुद्दामा अदालतमा हाजिर गराइएका उनी काठमाडौं जिल्ला अदालतको शौचालयबाट भागेका थिए। 

शौचालयको झ्यालबाट हतकडीसहित हामफालेर भागेको प्रहरीले जनाएको छ। ठकुरीलाई सोह्रखुट्टे प्रहरी वृत्तबाट अदालत लगिएको थियो। 

प्रकाशित मिति: २१:२६ बजे, आइतबार, असार १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्