तरुण दलका दुई नेताको पार्टी कार्यालयमा आमरण अनसन
तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबारदेखि आमरण अनसन बसेका हुन्।
काठमाडौं, असार १५ : तरुण दल तदर्थ समिति भंग गर्न माग गर्दै कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा तरुण दलका दुईजना केन्द्रीय सदस्य आमरण अनसन बसेका छन्।
तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबारदेखि आमरण अनसन बसेका हुन्।
पार्टीले २०७८ सालमै स्थानीय र आम चुनावको तीन महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिए पनि अध्यक्ष विद्वान गुरुङ नेतृत्वको तदर्थ समितिले पटक–पटक म्याद थप्दा समेत तीन वर्षसम्म एउटा जिल्लाको अधिवेशन गर्न नसकेको बताएका छन्।
महाधिवेशन गर्न नसकेको भन्दै पार्टीको केन्द्रीय समितिले नै २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरिसकेको बताउँदै तरुण दलको तदर्थ समिति भंग हुनुपर्ने माग उनीहरुको छ।
प्रकाशित मिति: १८:५३ बजे, आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
