Kathmandu Press

अदालतको शौचालयबाट हतकडीसहित थुनुवा फरार

बयानका लागि अदालत लगेका पश्चिम रूकुमका निराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शाहीलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको थियो। 
अदालतको शौचालयबाट हतकडीसहित थुनुवा फरार

काठमाडौं, असार १५ : जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार भएका छन्।

बयानका लागि अदालत लगेका पश्चिम रूकुमका निराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शाहीलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको थियो। 

Hardik ivf

उनी जेठ ३० गते पक्राउ परेको प्रहरीले जनाएको छ । मुद्दाको अनुसन्धान सकेर बयानका लागि अदालतमा लगिएका बोहोरा शौचालयबाट फरार भएका थिए। 

शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । फरार शाहीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्