Kathmandu Press

रहेनन् बागलुङ कांग्रेसका धरोहर

रहेनन् बागलुङ कांग्रेसका धरोहर

काठमाडौं, असार १५ : नेपाली कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य एवम् बागलुङ कांग्रेसका पुराना नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ। 

स्वास्थ्य परिक्षणका लागि चितवनबाट काठमाडौं आउने तयारीमा रहेका नेता कँडेलको आईतवार विहान निधन भएको हो। 

कँडेल २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए। कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित थिए। 

बहुदलीय व्यवस्था र लोकतन्त्र प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति समेत हुन्। २०४६ सालको आन्दोलनका क्रममा जेल परेका उनी बहुदल पछि बागुलुङ कांग्रेसको पार्टी सभापति र सांसद बनेका थिए।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँकोटमा जन्मिएका कँडेलको पार्थिव शरिर जन्मस्थल बागलुङको बिहुँ लगेर सोमबार अन्त्येष्टी गरिने परिवारबाट थाहा भएको छ। 

कँडेलकी धर्मपत्नी विष्णुदेवीको २ वर्षअघि निधन भएको थियो। उनका २ छोरा र एक छोरी छन्। 

कँडेलले अग्रणी सामाजिक व्यक्तित्वको पहिचान बनाएका थिए। 
 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, असार १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्