यू–१६ इस्ट जोनमा नेपालको लागतार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
तेस्रो जित निकाल्ने क्रममा नेपालले आइतबार भएको खेलमा इन्डोनेसियामाथि ३७० रनको विशाल जित निकाल्यो।
काठमाडाैं, असार १५ : मलेसियामा जराी एसिसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले लागतार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा नेपालले आइतबार भएको खेलमा इन्डोनेसियामाथि ३७० रनको विशाल जित निकाल्यो।
नेपालले दिएको ४२० रनको ठूलो लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै अलआउट भयो। उसका कविन निरज चड्डाले सर्वाधिक १५ रन बनाउँदा दिवित नन्दले १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
इन्डोनेसियाको इनिङ ध्वस्त बनाउने क्रममा कप्तान विपिन शर्माले घातक बलिङ गरेर उनले ७.३ ओभरमा २ मेडनसहित १२ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, सुगम बुढाथोकी र शुभम खनालले पनि समान १ विकेट लिए।
त्यसअघि क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा पहिला ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर ४२० रन बनाएको थियो। यो नेपालले कुनै पनि क्रिकेटमा बनाएको सर्वाधिक रन हो भने जारी प्रतियोगिताको पनि यो सर्वाधिक रन हो।
नेपालले विशाल योगफल बनाउने क्रममा ओपनर प्रसिद्ध जैसीले शानदार शतक प्रहार गरे। उनले ११४ बलमा १५ चौका र १ छक्का मद्दतमा १३२ रनको पारी खेले। यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए।
यस्तै, विस्फोटक पारी खेलेका अर्का ओपनर परिमहर्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का मद्दतमा ७१ रनज बनाए। परिमहर्जन र प्रसिद्धले पहिलो विकेटका लागि ६२ बलमा १३० रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। यस्तै, जोय थापाले ४१ बलमा ५७ र सुगम बसढाथोकीले ३४ बलमा ३९ रन बनाए।
नेपालको विशाल योगफलमा तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले १३६ बलमा १४८ रनको साझारी गरेका थिए। यस्तै, पाँचौं विकेटका लागि सुगम र जोय ५७ बलमा ७४ रनको साझेदारी गरेका थिए।
बलिङमा इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले समान१ विकेट लिए ।
नेपालले यसअघिका खेलमा जित निकालेको छ। पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो।