काठमाडौं गौर्खाजले रिटेन गर्यो ६ खेलाडी
पहिलो सिजन प्लेअफमा स्थान बनाउन असफल भएको काठमाडौंले आफ्ना मार्की खेलाडी तथा कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको हो।काठमाडाैं, असार १४ : नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइजी टिम काठमाडौं गोर्खाजले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ।
पहिलो सिजन प्लेअफमा स्थान बनाउन असफल भएको काठमाडौंले आफ्ना मार्की खेलाडी तथा कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको हो। यसले शनिबार यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ।
उसले रिनेट गरेका खेलाडीमा राष्ट्रिय टिमका सदस्य ब्याट्सम्यान भीम सार्की, स्पिनरद्वय साहब आलम र दीपेश कँडेल, फास्ट बलर रसिद खान र पहिलो सिजन ट्यालेन्ट हन्टबाट आएका ब्याट्सम्यान प्रतिक श्रेष्ठ छन्।
पहिलो सिजन विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौं प्लेअफमा पुग्न असफल भएको थियो।
प्रकाशित मिति: १६:१५ बजे, शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


