Kathmandu Press

विपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

काठमाडौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताए। 
विपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

काठमाडौं, असार १४ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने बताएका छन्।

काठमाडौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताए। 

Hardik ivf

उनले विपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने विचार राखेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलकण्ठबाट जानकारी दिए। 

सरकारले ‘एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ जारी गर्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनीतिक दलहरु त्यसलाई सच्याउन माग गर्दै काठमाडौंमा सरकार र दलका नेताहरुलाई ध्यानाकर्षण गराउँदै आइरहेका छन्। 

विपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा, (एमाले), नेकपा (माओवद्यी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल असार १२ गतेदेखि काठमाडौंमा अभियान चलाईरहेका छन्। 
 

प्रकाशित मिति: १४:११ बजे, शनिबार, असार १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्