पसाएमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते
वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको मृत्यु भएको हो।-1751031257.jpeg)
पर्सा, असार १३ : पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको मृत्यु भएको हो।
दुवै च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा जयकुमार मण्डल घाइते भएका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर तीब्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको थियो। ट्याक्टर भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


