Kathmandu Press

जसपाले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

शुक्रबार पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको बेहोराको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएकी छन्। 
जसपाले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

बुटबल, असार १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

शुक्रबार पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको बेहोराको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएकी छन्। 

यता, संघीय सरकारमा पनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। 

पार्टीको कार्यकारिणी समितिको बैठकले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 
 
प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, असार १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्