Kathmandu Press

गौरवकुमार केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनापतिको जिम्मेवारी

शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरे। 
गौरवकुमार केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनापतिको जिम्मेवारी

काठमाडौं, असार १३ : उपरथीमा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरे। 

Hardik ivf

सहायक रथी रहेक केसीलाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको थियो। उपरथीमा बढुवा भएसँगै केसीलाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ। 

उपरथीमा बढुवा हुनुअघि उनी नेपाली सेनाको प्रवक्ता थिए। 

नेपाली सेनामा साढे तीन दशक बिताएका केसीले भारतको राष्ट्रिय रक्षा कलेजबाट स्नातक तथा अमेरिका, बेलायत, जर्मनी र मंगोलियाबाट विभिन्न कोर्ष पूरा पनि गरेका छन्। केसीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर तथा भारतको मद्रास विश्वविद्यालयबाट एमफिल गरेका छन्। 

उपरथी केसीले सैन्य सचिव, पुरानो गोरखको गणपति र जंगल वारफेयर स्कूलको शिक्षाधिकृत र ३ नम्बर बाहिनीको बाहिनीपतिका रुपमा पनि काम गरेका छन् । 

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, असार १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्