Kathmandu Press

वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

प्रहरीले सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट गएराति खत्रीलाई पक्राउ गरी खत्रीमाथि अनुसन्धानका लागि थुनामा राखिएको छ। 
वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

रुकुम पश्चिम, असार १३ : एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता पक्राउ परेका छन्।

चौरजहारी नगरपालिका–४ का रेशम खत्री पक्राउ परेको प्रहरीले जनाएको छ। उनीविरुद्ध जाजरकोटकी १७ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। 

Hardik ivf

प्रहरीले सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट गएराति खत्रीलाई पक्राउ गरी खत्रीमाथि अनुसन्धानका लागि थुनामा राखिएको छ। 

पीडित किशोरीले गत जेठ १८ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। खत्री वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज हुन्। 

उनी चौरजहारी नगर खेलकुद विकास समितिका अध्यक्षसमेत रहेको खुलेको छ ।

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्