Kathmandu Press

इरानमा फसेका तीन नेपाली दिल्ली आइपुगे 

भारत सरकारले आफ्ना नागरिकसँगै नेपाली नागरिकलाई पनि उद्धदार गरेको हो। बुधबार राति तीन नेपालीसहित २७२ भारतीय नागरिक दिल्ली आइपुगेका छन्। 
इरानमा फसेका तीन नेपाली दिल्ली आइपुगे 

नयाँ दिल्ली, असार १२ : द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपाली नागरिक भारत आइपुगेका छन्।

भारत सरकारले आफ्ना नागरिकसँगै नेपाली नागरिकलाई पनि उद्धदार गरेको हो। बुधबार राति तीन नेपालीसहित २७२ भारतीय नागरिक दिल्ली आइपुगेका छन्। 

‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । 

नेपालले भारत सरकारलाई आफ्ना नागरिकहरुको उद्धारका लागि आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन् । सोहीअनुसार भारतले नेपाली नागरिकलाई पनि उद्धार गरेको हो। 

बुधबार मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका सात जना नेपालीको उद्धार समेत गरिएको थियो। अध्यागमन प्रशासनले एक्जिट परमिट नभएको भन्दै मंगलबार उनीहरुलाई फर्काएको थियो।

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, असार १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्