Kathmandu Press

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

आज तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मुगु, असार ११ : जुम्ला जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

आज तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Hardik ivf

दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो।

सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन्। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए।

घाइते चालक जैशीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तर्फ ल्याउँदै गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १८:४९ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्