Kathmandu Press

लागूऔषधसहित एक युवक पक्राउ  

चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए। 
लागूऔषधसहित एक युवक पक्राउ  

रौतहट, असार ११ : रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। 

ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो।

Hardik ivf

चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए। 

उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट  रोकी चेकजाँच गर्दा  विकलाई प्रहरीले पक्राउ गरेको हो। 

लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।प्रहरीका अनुसार लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको छ। 

प्रहरीले विकको बयानको आधारमा बसका कर्मचारीलाई समेत पक्राउ गरी सोधपुछ थालेको जनाएको छ। घटनाकाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, असार ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्