Kathmandu Press

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन्। 
सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहट, असार ११ : रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन्। 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन्। 

घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो, तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेका थिए। 

घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
 
प्रकाशित मिति: ११:४३ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्