विराटनगरले ल्यायाे चार अर्ब ४० लाखकाे बजेट
भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।-(17)-1750772869.jpg)
मोरङ, असार १० : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४० लाखको बजेट ल्याएको छ।
नगरसभाको १६औँ अधिवेशनमा मंगलबार उपमेयर शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरिन्। महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिएको छ।
बजेटमा ‘एक घर, एक रोजगारी’ भन्ने मूल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रमा निःशुल्क प्रशिक्षण तथा तयारी कक्षा सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित उद्योगको स्थापना गर्न महानगरबासीलाई प्रोत्साहन, बिउपुँजीको आवश्यक प्रबन्ध, महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गर्ने, ऐतिहासिक विराटराजाको दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगिने कार्यक्रमलाई निरन्तरता दिइएको छ।
गर्भवती, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरबासीका लागि प्रदान गर्र्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ।
महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको छ भने सडक बत्तीको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सामग्रीको व्यवस्थापन गर्ने नीति बजेटमा उल्लेख छ।
महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप ५ करोड ५ लाख छुट्याइएको छ । यससहित सामाजिक क्षेत्रमा कुल १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ९० लाख, आर्थिक विकासमा २ करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनमा ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासमा ३ करोड ३० लाख विनियोजन गरिएको छ।
महानगरले अनुमानित खर्च व्योहोर्नका लागि आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट अनुदानमार्फत ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट ४ करोड २३ लाख ६७ हजार र घरजग्गा रजिष्ट्रेसनबाट मात्रै ९४ करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ।
अन्य राजस्व स्रोतमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विज्ञापन कर, सडक बोर्ड अनुदान र मौज्दात रकम पनि समावेश छन्।
नरसभामा नगर सर्पदंशको कार्यमा विराटनगरमा तल्लिन भएर लागेका नगर प्रहरी हवल्दार सम्भू प्रसाद घिमिरेलाई सम्मान गर्दै एक तह बृद्धि गरि नगर प्रहरी निरिक्षकको दज्र्यानी चिन्ह समेत प्रदान गरिएको छ।