Kathmandu Press

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

आज ३१६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, असार १० : नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।

आज ३१६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

Hardik ivf

आजको कारोबारमा बैंकिङ ०.४४, लगानी ०.२७, उत्पादन तथा प्रशोधन ०.४२, लघुवित्त ०.१९ र म्युचुअल फन्ड ०.२७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक ०.४२, वित्त ०.७४, जलविद्युत् ०.४४, जीवन बीमा ०.१२, निर्जीवन बिमा ०.३१, व्यापार ०.०९ र अन्य समूह ०.११ प्रतिशतले घटेको छ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५÷८६ को शेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्