Kathmandu Press

यू–१६ इस्ट जोन कपमा नेपालको लागतार दोस्रो जित, जापन ९ विकेटले पराजित

क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो।
यू–१६ इस्ट जोन कपमा नेपालको लागतार दोस्रो जित, जापन ९ विकेटले पराजित

काठमाडाैं, असार १० : मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले लागतार दोस्रो जित निकालेको छ। क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो।

८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि शिवान्सु बजगाईंले सर्वाधिक ३८ रन बनाउँदा प्रसिद्ध जोशीले ३३ रन बनाए। बलिङमा जापानका काइसेई कोबाएसी डोगेटले १ विकेट लिए। 

Hardik ivf

त्यसअघि पहिला ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमै अलआउट भयो। उसका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र गाबी हाराहिन्जले १३ रन बनानु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जापानको इनिङ धरासयी बनउाने क्रममा नेपालका शुभम खनालले घातक बलिङ गरे। उनले १० ओभरमा ३ मेडनसहित १५ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विविन शर्माले समान १ विकेट लिए। 

यो नेपालको प्रतियोगितामा लागतार दोस्रो जित हो। यसअघि नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो। अब नेपालले तेस्रो जुन २९मा इन्डोनेसियासँग खेल्ने छ।

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्