Kathmandu Press

डोनाल्ड ट्रम्प भन्छन्– इजरायल र इरान युद्धविरामका लागि पूर्ण सहमत छन् 

मंगलबार सामाजिक सञ्जालमार्फत दुवै देश इजरायल र इरानलाई ‘१२ दिने युद्ध’ समाप्त गर्न भन्दै बधाई दिएका छन्। 
डोनाल्ड ट्रम्प भन्छन्– इजरायल र इरान युद्धविरामका लागि पूर्ण सहमत छन् 

वसिङ्टन डिसी, असार १० : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि पूर्ण सहमत भएको बताएका छन्।

उनले इजरायल र इरान शान्तिको माग गर्दै एकैसाथ आफूकहाँ आएको दाबी समेत गरेका छन्। दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको दाबी उनले गरेका छन्। 

Hardik ivf

मंगलबार सामाजिक सञ्जालमार्फत दुवै देश इजरायल र इरानलाई ‘१२ दिने युद्ध’ समाप्त गर्न भन्दै बधाई दिएका छन्। 

‘सबैलाई बधाई ! इजरायल र इरानबीच पूर्ण सहमति भएको छ । १२ घण्टाको लागि पूर्ण युद्धविराम हुनेछ। अबदेखि लगभग ६ घण्टामा इजरायल र इरानले आफ्नो अन्तिम अभियानहरू पूरा गर्ने उल्लेख गरेका छन्। जसलाई युद्ध समाप्त भएको मानिनेछ,’ उनले, ‘आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ र १२औं घण्टामा, इजरायलले युद्धविराम सुरु गर्नेछ। र २४औं घण्टामा, १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले अभिवादन गर्नेछ।’

प्रत्येक युद्धविरामको समयमा अर्को पक्ष शान्तिपूर्ण र सम्मानजनक रहनेछ। 

यस्तै, उनले यो युद्ध वर्षौंसम्म चलेर सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने भन्दै रोकिएकोमा खुशी व्यक्ति गरेका छन्। 

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, असार १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्