चापाकोट नगरपालिकामा १७ औं नगरसभा सम्पन्न
नगरसभामा नगर प्रमुख देबबहादुर खाँण ईश्वरले आगामी आर्थिक वर्षकालागि नीति, कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
काठमाडौं, असार १० : स्याङ्जाको चापाकोट नगरपालिकाको आज १७ औं नगरसभा सम्पन्न भएको छ । १७ औं नगरसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । नगरसभामा नगर प्रमुख देबबहादुर खाँण ईश्वरले आगामी आर्थिक वर्षकालागि नीति, कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
खाँणले सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिञ्चाईलगायत स्वास्थ्य बीमा कार्यक्रम, सर्पदंश उपचार केन्द्रको प्रभावकारी सञ्चालन, लघुउद्यम कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीपयुक्त तालिम प्रदान गरी आयआर्जनसित जोड्ने, भौतिक पूर्वाधारतर्फ पालिका र वडा कार्यालयहरुलाई सडकहरुको स्तरोन्नति गर्ने, चापाकोट ८ मा निर्माणाधिन अवस्थामा रहेको चिस्यान केन्द्र निर्माण गर्ने, कृषि क्याम्पसलाई बजेट विनियोजन गरी निर्माण कार्य थालनी गर्ने लगायतलाई उच्च प्राथमिकतामा राखेका छन् ।
१७ औं नगरसभामा उपप्रमुख ईशा रानाले कूल रु. ७५ करोड एक लाख ७२ हजार ८२० बजेट प्रस्तुत गरेकी छिन् । प्रस्तुत बजेटको खर्च तर्फ चालु खर्च ५९ करोड १ लाख ७२ हजार ८२० र पूँजीगततर्फ रु. १६ करोड रहेको छ ।
नगर प्रमुख देबबहादुर खाँणको अध्यक्षतामा सम्पन्न भएको .नगर सभाको सञ्चालन प्रशासन प्रमुख उदय देवकोटा र स्वागत प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले गरेका थिए ।
