Kathmandu Press

एसिया कप छनोटका लागि नेपाली महिला टिमको बिदाई

उज्वेकिस्तानमा हुने छनोटमा नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्ने छ। त्यसपछि नेपालले जुलाई २ मा श्रीलंका र जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ। 
एसिया कप छनोटका लागि नेपाली महिला टिमको बिदाई

काठमाडौं, असार ९ : एएफसी महिला एसिया कप छनोटका लागि नेपाली फुटबल टिमको बिदाई गरिएको छ। 

सोमबार एक कार्यक्रम गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टिमको बिदाई गरेको हो। टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाइ गरेका थिए।

कार्यक्रममा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको लक्ष्य छनोट हुने रहेको बताइन्। 

Hardik ivf

नेपाली महिला टोलीका लागि अब हुने छनोटको पहिलो खेल १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ। १०० खेल खेल्न पाउनु खेलाडीको लागि पनि ठुलो कुरा भएको साबित्रा भण्डारी साम्बाले बताइन्। 

पछिल्लो पटक सन् १९९९ मा महिला एसिया कप खेलेको नेपाली महिला टोली २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ।

छनोटमा नेपाल समूह एफ छ। यो समूहमा नेपालसँगै लाओस, उज्वेकिस्तान र श्रीलंका छन्। उज्वेकिस्तानमा हुने छनोटमा नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्ने छ। त्यसपछि नेपालले जुलाई २ मा श्रीलंका र जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ। 

नेपाली पहिलो पटक विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्दै छ। यही प्रतियोगितालाई लक्षित गर्दै एन्फाले बेल्जियमका प्याट्रिक डे वाइल्डलाई महिला टिमको प्रशिक्षक नियुक्त गरेको थियो। उनलाई राजेन्द्र तामाङ र भगवती थापाले सघाउने छन्। 

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसिया कपमा छनोट हुनेछ।

नेपाली टिम : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ (गोलकिपर), गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी (डिफेन्डर), विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल (मिडफिल्डर), साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल (स्ट्राइकर)।
 

प्रकाशित मिति: २१:२९ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्