Kathmandu Press

पत्रकार विपी कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

सञ्चार मञ्च प्रालिले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार तर्फ कोइराला र साहित्यकार तर्फ प्रधान गरि दुइजनालाई सम्मानित गरिएको हो। 
पत्रकार विपी कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं, असार ७ : गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ पत्रकार विपी कोइरालाई प्रदान गरिएको छ। 

यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ। सञ्चार मञ्च प्रालिले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार तर्फ कोइराला र साहित्यकार तर्फ प्रधान गरि दुइ जनालाई सम्मानित गरिएको हो। 

पत्रकार कोइरालाले पछिल्लो ढेड दशकदेखि नेपाली पत्रकारिता र समाजिक कार्यमा दिएको योगदानको मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। 

पत्रकार कोइरालाले अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत खोज पत्रकारीता लक्षित कार्यक्रम थिम अफ द मन्थ चलाएर नेपालमा नक्कली पिएचडी, आयल निगमको घोटाला, कालाबजारी लगायत अनेक विषयलाई उजागर गरेका छन्।

उनले पत्रकारिताका साथै एक दशकदेखि जारी नशामुक्त नेपाल समृद्भ नेपाल नामक अभियानमा महत्वपूर्ण भूमिकामा रहेर ८ हजार भन्दा बढी व्यक्तिहरुलाइ कुलतबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेका छन्। 

पत्रकार कोइराला नेपाल वान टेलिभिजन, हिमशिखर टेलिभिजन, इमेज टेलिभिजन, राष्ट्रिय समाचार समिति, माउण्टेन टेलिभिजन, गिद्दे प्रेस, सप्तकोशी खबर, शुभारम्भ मासिक पत्रिका, अन्नपूर्ण मिडिया ग्रुप लगायत झण्डै १ दर्जन मिडियामा कार्य गरिसकेका छन्। 

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्