Kathmandu Press

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाडौंबाट महोत्तरीको भिठ्ठामोड जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन्।
रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, असार ९ : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन्।

काठमाडौंबाट महोत्तरीको भिठ्ठामोड जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन्।

दुर्घटनामा घाइते हुनेमध्ये सात जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। जसमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, २२ वर्षीय जहदेवी झा, ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतिक छन्। 

यस्तै धनुषाको सिरेश्वरनाथ–१ बस्ने २३ वर्षीया अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र जलेश्वर–४ की ४३ वर्षीया पुनम ठाकुर पनि घाइते भएका छन्। 

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य छ।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्