Kathmandu Press

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ।
अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

काठमाडौं, असार ९ : मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ।

Hardik ivf

विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ। 

ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ।

एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ। 
सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झर्यो, जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको ः एससिएल सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ। यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ। 

प्रकाशित मिति: ११:०२ बजे, सोमबार, असार ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्