Kathmandu Press

कांग्रेस जनसम्पर्क बिभाग प्रमुख पौडेलले वनमन्त्रीलाई दिए सुझाव 

भेटमा पौडेलले नेपालका सबै बन क्षेत्रको भूमि लाई कृषि र वनस्पतिजन्य उत्पादन संग जोड़न उचित भूमि उपयोग प्रणालीको नीति र निर्देशिका तर्जुमा गर्न र मन्त्रीको नेतृत्वमा वन, कृषि मन्त्रालय र भूमि व्यवस्थापन मन्त्रालयको प्रतिनिधित्व सहितको राष्ट्रिय स्तरको उच्चस्तरीय निर्देशक समिति गठन गरी  मार्गचित्र तयार गर्न आग्रह गरेका थिए । 
कांग्रेस जनसम्पर्क बिभाग प्रमुख पौडेलले वनमन्त्रीलाई दिए सुझाव 

काठमाडौं, असार ९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बिदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख किरणराज शर्मा पौडेलले बन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीलाई भेटेर सुझाव दिएका छन् । 

भेटमा पौडेलले नेपालका सबै बन क्षेत्रको भूमि लाई कृषि र वनस्पतिजन्य उत्पादन संग जोड़न उचित भूमि उपयोग प्रणालीको नीति र निर्देशिका तर्जुमा गर्न र मन्त्रीको नेतृत्वमा वन, कृषि मन्त्रालय र भूमि व्यवस्थापन मन्त्रालयको प्रतिनिधित्व सहितको राष्ट्रिय स्तरको उच्चस्तरीय निर्देशक समिति गठन गरी  मार्गचित्र तयार गर्न आग्रह गरेका थिए । 

Hardik ivf

हिमाल देखि पहाड़ र तराई सम्म फलफूल, औषधीय बिरुवाहरू, बढ़ी उत्पादन दिनें र उच्च मूल्यका रूख प्रजातिहरूको रोपण मार्फत निर्वाह मुखी परम्परागत खेती प्रणाली लाई व्यावसायिकतामा रूपान्तरण गर्न व्यक्तिगत जग्गा सहित वन क्षेत्रभित्रको जग्गाको उत्तम उपयोगको लागि प्रभावकारी नीति र निर्देशिका तयार गर्न पौडेलको अनुरोध थियो । 

भेटमा मन्त्रीले आफ़्नो मन्त्रालयले नेतृत्व गरी कृषि र भूमि ब्यबस्थापन मन्त्रालय संग समन्वय गरी बन क्षेत्रको जग्गाको अधिकतम उपयोग गरी कृषिजन्य उत्पादन वृद्धि गराउन र बिदेशमा बस्ने नेपालीहरूलाई सहज र सरल प्रक्रियाबाट लगानी गर्न सकिने ब्यबस्था सृजना गर्ने बिश्वास दिलाए । 

भेटघाटमा जनसम्पर्क समिति साउदी अरबका सभापति अर्जुन थापा, कृषि बिज्ञ रामजी भट्टराई, इंजीनियर शंकर लामिछानेको समेत उपस्थिती रहेको थियो  ।

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्