यू–१६ इस्ट कपमा नेपालको विजयी सुरुआत, सिंगापुरमाथि ६ विकेटको जित
आइतबारबाट मलेसियामा सुरु भएको प्रतियोगितामा सिंगापुरलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरआत गरेको हो।
काठाडौं, असार ८ : मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। आइतबारबाट मलेसियामा सुरु भएको प्रतियोगितामा सिंगापुरलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरआत गरेको हो।
सिंगापुरले दिएको १३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि प्रसिद्ध जोशीले अर्धशतक बनाए उनले ९७ बल खेल्दै ५ चौका प्रहार गरे।
यस्तै, रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्का मद्दतमा ४० रज बनाए। बलिङमा सिंगापुरका आकाश तेजाले ३ तथा युवान पाण्डेले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। उसका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।
बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए। यस्तै, सचिन विष्टले ६।१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए भने अभय यादव र शुभम खनाले समान १ विकेट लिए।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने छ।