Kathmandu Press

इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरिका भित्रै विरोध 

आइतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो। अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरिका भित्रै विरोध 

न्युयोर्क, असार ८ : अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ।

इजरायल–इरानबीच भइरहेको युद्धमा अमेरीका प्रवेश गरेको छ। आइतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो। अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

Hardik ivf

‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन्। हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्। बमको फोर्डोमा खसालिएको थियो,’ उनले भने, ‘सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन। हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो।’

तर ट्रम्पको यस्तो कदमको अमेरीका भित्रै र विश्वका अन्य मुलुकका नेताहरुले समेत विरोध गरिरहेका छन्। अमेरिकी सांसदहरूले कंग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

बिबिसी न्युजले उल्लेख गरे अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन् । उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन् ।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवद्र्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन् । 

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, असार ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्