जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक जना घाइते
बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको र उपचार भइरहेको पर्सा प्रहरीले जानएको छ।
रौतहट, आसर ८ : पर्साको पटनी चौकमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको र उपचार भइरहेको पर्सा प्रहरीले जानएको छ।
डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए।
बहुदरमाई नगरपालिका अन्तर्गत महुवन नजिकै पटनी चौकमा शनिवार राती करिब साढे ९ बजे सवारी दुर्घटना भएको हो। सवारी दुर्घटनापछि दुवै साधन निर्माणाधीन नालीमा खसेपछि आगलागी भएको थियो।
सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।आगोले जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
-(21)-1754907022.jpg)