वर्तमान राजनीतिप्रति लोकगायक शर्माको अर्को झटारो, २ दिनमै चर्चाको शिखरमा

काठमाडौं, असार ८ : समाजमा हुने बिकृतीलाई टपक्कै टिपेर ठ्ट्यौली ढंगले गीत गाउन सिपालु मानिन्छन् चर्चित लोकगायक पशुपति शर्मा । उनै शर्माले हालसालै मात्र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरेका छन् ।
बिहीबार बिहान सार्वजनिक यो गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका हुन् । गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो । गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन् । उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन् । यो गीत सार्बजनिक भएको दुई दिनमै चर्चाको शिखरमा पुग्दै युटुबको ट्रेन्डिङ २ आईसकेको छ ।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ । यसअघि पनि शर्मा लुट्न सके लुट बोलको गीत सार्बजनिक गरेर चर्चामा मात्र आएनन् राजनीतिक बृत्तमा हलचल नै मच्चाएका थिए ।