राष्ट्रपति र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं, वैशाख २६ : राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
शीतलनिवासमा शुक्रबार भएको भेटवार्त....

काठमाडौं, वैशाख २६ : राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको हो। भेटमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा जानकारी गराएका थिए।
सभामुख सापकोटाले नोभल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएको सभामुखको निजी सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











