Kathmandu Press

सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

धनगढी, फागुन २२ : टीकापुर घटनामा अदालतले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गरेकाे छ । बुधबार कैलाली जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैद....

सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला
फाइल फोटो

धनगढी, फागुन २२ : टीकापुर घटनामा अदालतले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गरेकाे छ । बुधबार कैलाली जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचित चौधरीलाई जेलमा रहेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि पनि उनलाई जेलमै राखिएको थियो ।


प्रतिनिधिसभा सदस्यको सपथ लिने क्रममा रेशम चौधरी ।

Hardik ivf

त्यस्तै, थरुहट आन्दोलनका नेता लक्ष्मण चौधरीसहित १५ जनालाई तीन/तीन वर्ष कैद सुनाइएको छ । उनीहरूको तीन वर्ष कैद भुक्ता भइसकेकाले रिहा गर्न आदेश दिएको छ ।

त्यस्तै, थुनामा रहेका तीन जनालाई भने निर्दोष रहेको फैसला गरिएको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको हत्या भएको थियो । सो घटनामा ५८ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।

 

 

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, फागुन २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्