Kathmandu Press

अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित, सिरिज जित्नबाट चुक्यो

ग्लास्कोमा शुक्रबार राति भएको खेलका स्टकल्यान्डसँग ३४ रनले पराजित भएपछि नेपालले त्रिकोणात्मक सिरिज गुमाएको हो।
अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित, सिरिज जित्नबाट चुक्यो

काठमाडौं, असार ७ : त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली स्टकल्यान्डसँग पराजित भएको छ। ग्लास्कोमा शुक्रबार राति भएको खेलका स्टकल्यान्डसँग ३४ रनले पराजित भएपछि नेपालले त्रिकोणात्मक सिरिज गुमाएको हो।

जितसँगै स्कटल्यान्डले नेपाललाई रनरेटमा पछि पार्दै सिरिज जित्यो। तीनै टिमको समान ४ अंक भयो। रनरेटका आधारमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे।

Hardik ivf

१९४ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमै अलआउट भयो। टप अर्डर चल्न नसक्दा नेपाल सुरुआतबाटै दबाबमा आएका थियो। नेपालका लागि रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्का माद्दतमा सर्वाधिक ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३४ र रोहित पौडेलले २७ रन बनाए। अन्यले गतिलो योगदान दिन सकेनन्।

बलिङमा स्टकल्यान्डका क्रिस ग्रेविसले ३ तथा सफयान सरिफले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा १९३ रन बनायो। उसका लागि जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ३९ बलमा ५ चौका र ६ छक्का मद्दतमा ७८ रन बनाए। उनले दोस्रो विकेटका लागि ब्रान्डन म्याककुलेनसँग शतकीय साझेदारी गर्दै टिमलाई ३४–१को अवस्टाबाट १३४–१को अवस्थामा ल्याएका थिए।

म्याकमुलेनले ३० बलमा ४२ रन बनाए। मुन्सी र म्याकमुलेनलाई लगातार ओरमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो। यी दुईबाहेक माइकल लेस्कले २६ र म्याथु क्रसले १७ रन बनाए।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए।

 

प्रकाशित मिति: ०६:३० बजे, शनिबार, असार ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्