Kathmandu Press

पोखरीया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसहित चारजना अख्तियारको नियन्त्रणमा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि श्रीवास्तव र साहलाई पक्राउ गरी हिरासतमा लिएको हो। 
पोखरीया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसहित चारजना अख्तियारको नियन्त्रणमा 

काठमाडौं, असार ६ : पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साह भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि श्रीवास्तव र साहलाई पक्राउ गरी हिरासतमा लिएको हो। 

Hardik ivf

हाल पर्साकै बहदुरमाई नगरपालिमा कार्यरत श्रीवास्तव र साहलाई थुनामा राखेर छानविन गरने भएको छ। 

अख्तियार टोलीले श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको जनाएको छ। उनीहरुका साथबाट चार थान मोबाइलसमेत बरामद गरिएको छ। 

यस्तै पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिकाकै वडा नम्बर २ का सचिव ओमप्रकाश चौरसियालाई पनि मोबाइल सहित अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्