Kathmandu Press

आशिष बने अर्जुनचौपारी गाउँपालिकाको उत्कृष्ट कर्मचारी

२०८० भदौ १७ देखि २०८१ भदौ २३ सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शर्मा सर्वोत्कृष्ट कर्मचारी घोषित हुँदै पालिकाबाट सम्मानित भएका हुन्। 
आशिष बने अर्जुनचौपारी गाउँपालिकाको उत्कृष्ट कर्मचारी

स्याङ्जा, असार ६ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आशिष शर्मा पालिकाको सर्वोत्कृष्ट कर्मचारी घोषित भएका छन्। 

२०८० भदौ १७ देखि २०८१ भदौ २३ सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शर्मा सर्वोत्कृष्ट कर्मचारी घोषित हुँदै पालिकाबाट सम्मानित भएका हुन्। 

गाउँसभाको अवसरमा उनको उत्कृष्ट कार्यसम्पादन र सौहार्दपूर्ण तरिकाले कार्यकुशलता प्रस्तुत गरी गाउँपालिकाको सुशासन प्रवर्द्धन र पारदर्शीतामा उल्लेखनीय योगदान पुर्‍याएबापत उक्त सम्मान प्रदान गरिएको अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले बताए।  

शर्मा हाल गृह मन्त्रालयमा कार्यरत रहेका छन्। शर्माले अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माणका क्रममा समेत अतुलनिय योगदान पुर्‍याएका थिए। 
 
प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्