सांसद तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं, वैशाख २६ : संघीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोरोना भाइरसको रिपोट नेगेटिभ आएको छ।
स्वास्....

काठमाडौं, वैशाख २६ : संघीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोरोना भाइरसको रिपोट नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी रहेका थिए। बिहीबार सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो।
प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











