६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शुक्रबार टोखाबाट पक्राउ गरेको हो। रोका सुन तस्करीमै पक्राउ परेका अर्का आरोपी दावा छिरिङकी श्रीमती रहेको जनाइएको छ।
काठमाडौं, असार ६ : ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ।
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले शुक्रबार टोखाबाट पक्राउ गरेको हो। रोका सुन तस्करीमै पक्राउ परेका अर्का आरोपी दावा छिरिङकी श्रीमती रहेको जनाइएको छ।
२०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।
सोही प्रकरणमा रोकाका श्रीमान दावा छिरिङ २०८० साउन १४ गते पक्राउ परेका थिए। रोका भने फरार थिइन्।
पक्राउ परेकी रोकालाई भोली शनिबारको दिन परेकाले आइतबार जिल्ला अदालतमा पेश गरिने छ । उनी माओवादी रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार