Kathmandu Press

प्रेमीलाई छुरा प्रहार गरिन्, भाग्न खोज्दा आफैं घाइते भइन्

युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन्। हामफाल्दा उनी पनि घाइते भएकी छन्।
प्रेमीलाई छुरा प्रहार गरिन्, भाग्न खोज्दा आफैं घाइते भइन्
घाइते युवक २४ वर्षीय अशोककुमार महतो ।

सिरहा, असार ६ : सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्। 

छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोककुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन्। उनी हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए। घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ।

Hardik ivf

प्रहरीका अनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन्। हामफाल्दा उनी पनि घाइते भएकी छन्। अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवती पनि सामान्य घाइते भएकी छन्। 

स्थानीयहरूका भनाइ अनुसार ती युवक–युवतीबीच पहिलेबाट नै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय उनीहरूबीच झगडा बढ्दै गएको बताइएको छ।

हाल युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । घटनाको पछाडि के कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
 

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, असार ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्