Kathmandu Press

६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना 

मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो। 
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना 

काठमाडौं, असार ६ : नेपाल प्रहरीमा जागिर गर्न खोज्ने युवाहरूका लागि अवसर आएको छ। प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो। 

मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो। 

यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ। 

थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ। 

Magsangkhya-1750396630.jpg
 
प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्