सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा लिएको दुई गाडी प्रदेश ३–००१ च –७१४४ र प्रदेश १ –००१ च ८५९५ रहेका छन्। पक्राउ गरिएको गाडी र बरामद भएको काठ इलाका प्रहरी कार्यालय मिर्चैयाले मुचुल्कासहित डिभिजन वन कार्यालय लहानमा बुझाएको छ।-1750339214.jpg)
सिरहा, असार ५ : सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन्।
सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरिया गाउँमा अवस्थित प्रहरी चेकपोष्टलाई छलेर भगाइएको पिकअप भ्यानलाई पिछा गर्दै रोकेर चेकजाँच गर्दा ती दुई गाडीहरुबाट सालको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको दुई गाडी प्रदेश ३–००१ च –७१४४ र प्रदेश १ –००१ च ८५९५ रहेका छन्। पक्राउ गरिएको गाडी र बरामद भएको काठ इलाका प्रहरी कार्यालय मिर्चैयाले मुचुल्कासहित डिभिजन वन कार्यालय लहानमा बुझाएको छ।
डिभिजनल वन कार्यालयले सुरुमा काठसहितको गाडी बुझ्न आनाकानी गरेपनि मिडियाहरुमा खबर सार्वजनिक भएपछि बुझिलिएको थियो।
पक्राउ परेको काठ गोलबजार नगरपालिका ४ स्थित गौरव समिलको रहेको मिल सञ्चालक करिया भन्ने श्याम गुप्ताले स्वीकार गरेका छन्। उनले उक्त काठ मैले दाउराका लागि सिन्धुलीबाट खरिद गरेर ल्याएको बताएका छन्।
