सुरक्षित तथा पर्याप्त खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
मन्त्री यादवले आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पु¥याइ यहाँका स्थानीयवासीकोस्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।-(10)-1750337726.jpg)
पर्सा, असार ५ : खानेपानीमन्त्री प्रदीप यादवले स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको बताएका छन्।
बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पु¥याइ यहाँका स्थानीयवासीकोस्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
आयोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रसंशा समेत गरे। उनले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमशः यस्ता योजना विस्तार गरिने प्रतिबद्धता जनाए।
यसैगरी मन्त्री यादवलेधनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना साकार भएको बताएका छन्।
धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताए।
खानेपानी सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतीलाई केन्द्रबिन्दुमा राखि सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख लक्ष्य रहदै आएको बताइन्।
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामुकमार श्रेष्ठले खानोपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यन्वयन गरिरहेको र तराई मधेशका २८० वटा अधुरो योजनाहरु सञ्चालन गर्न नीतिगत सुधार गरि कार्यन्वयन गर्ने तयारीमा रहेको जानकारी दिए।
१० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का कम्तिमा पनि एक हजार ५ सय घरधुरीका आठ हजार छ सय जना लाभान्वित हुनेलाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
