Kathmandu Press

संविधानविद् डा.ज्ञवालीको नयाँ कोशेली ‘नेपालमा निर्वाचन प्रणाली’

प्रदेश र संघको निर्वाचन विवादमा भएका निर्णय, प्रतिनिधि सभा विघटनका मुद्दामा निर्वाचन प्रणालीबारे भएको व्याख्या पनि पुस्तकमा समेटिएको छ।
संविधानविद् डा.ज्ञवालीको नयाँ कोशेली ‘नेपालमा निर्वाचन प्रणाली’

काठमाडौं, असार ४ : संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीको पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक भएको छ। 

सर्जकको बिषयमा धेरै परिचय कानुन, न्याय र प्रध्यापनको क्षेत्रमा यसै पनि स्थापित नाम हो । खासगरी संवैधानिक कानुनको क्षेत्रमा ज्ञवालीले राज्य र समाजलाई लगाएको गुन विशेष स्मरणीय छ। 

गत शनिबार सभामुख देवराज घिमिरेले पुस्तक सार्वजनिक गरेपछि औपचारिक रुपमा बजारमा आएको हो। उक्त पुस्तकमा नेपालको निर्वाचन प्रणालीलाई विश्वका अन्य मुलुकको निर्वाचन प्रणालीसँग तुलना गरिएको छ । साथै, अदालतबाट भएका फैसला तथा प्रतिपादित सिद्धान्त र व्याख्याका विषयमा समेत चर्चा गरिएको छ । नयाँ संविधान जारी भएपछिका दुवै निर्वाचनका तथ्यांकसमेत पुस्तकमा समेटिएका कारण पनि पुस्तक सूचनामूलक बन्न पुगेको छ। 

Hardik ivf

प्रदेश र संघको निर्वाचन विवादमा भएका निर्णय, प्रतिनिधि सभा विघटनका मुद्दामा निर्वाचन प्रणालीबारे भएको व्याख्या पनि पुस्तकमा समेटिएको छ। पुस्तकमा २१९ मुलुकको ६ वटा निर्वाचन प्रणाली र २२ वटा परिवारको संरचनाको तुलनात्मक अध्ययन भेटिन्छ। 

सर्जक ज्ञवालीले संसद र सरकार कसरी स्थिर रहन सक्छ, कुन निर्वाचन प्रणालीका के फाइदा के बेफाइदा छन् भन्ने बिषय पनि बृहद रुपमा केलाएका छन्। ज्ञवालीका अनुसार प्रत्यक्ष निकै खर्चिलो भएको तथा समानुपातिकमा ‘क्रिमी लेयर’ बाट प्रतिनिधित्व हुने गरेको अध्ययनले देखाएको छ । डा.ज्ञवालीकै शब्दमा ‘स्थानीय तहमा डाइरेक्ट डेमोक्रेसी छ । त्यहाँ प्रदेश र केन्द्रजस्तो अस्थिरता छैन। त्यसैले प्रदेश र केन्द्रमा पनि त्यहि निर्वाचन प्रणाली उपयुक्त हुनसक्छ कि भनेर विकल्पहरु दिइएको छ।’ 

शासन प्रणालीमा प्रभावकारीता ल्याउन पनि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा संविधानविद् ज्ञवालीले राखेक छन् । मुख्य निर्वाचन प्रणाली ६ वटासहित पुस्तकभित्र २२ वटा निर्वाचन प्रणाली समेटिएको छ। 

नेपालको संविधान, निर्वाचन प्रणालीसँग सम्बन्धित ऐन, नियम, निर्देशिका र सर्वोच्च अदालतबाट भएका फैसलाहरूमा समेत यी निर्वाचन प्रणालीको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेकोले अनुसूचीहरूमा राखेको उनले बताएका छन्। पुस्तकमा निर्वाचन प्रणालीका चार वटा मोडेलको सुझाबहरूको विकल्प समेत प्रस्तुत गरिएको  छ। 

प्रदेश र संघको निर्वाचन विवादमा भएका निर्णय समेत पुस्तकमा छन् । प्रतिनिधि सभा विघटनका मुद्दामा निर्वाचन प्रणालीबारे भएको व्याख्या पनि समेटिएका कारण जिज्ञासु पाठकका लागि नयाँ खुराक बन्नसक्ने छ। 

ज्ञवालीको कृतिलाई लिएर महान्यायाधिवक्ता रमेश बडाल, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वमहान्यायाधिवक्ता डा.दिनमणि पोखरेलसहित संविधान र कानुनका विज्ञसहित जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालालगायतले फरकफरक पाटा र बहु आयामबारे टिप्पणी राखे । पुस्तकमा विश्वमा निर्वाचन प्रणालीको इतिहाससहित अवलम्बन गरिएको विधिबारे विस्तृत चर्चा गरिएका कारण पनि कृतिले नेपालको निर्वाचन प्रणाली मात्र नभै संविधान, शासकीय र राजनीतिक प्रणालीलाई नै ठोस् मार्गदर्शन गर्न सघाउ पुग्ने ठम्याई उनीहरुको छ ।   

संविधानविद् डा.ज्ञवालीका यसअघि पनि राज्य पुनर्संरचना र निर्वाचन प्रणाली, नेपालको संवैधानिक कानुन, संघिय शासन प्रणालीलगायत थुप्रै पुस्तकहरु प्रकाशित भइसकेका छन्। 

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्