Kathmandu Press

नेप्सेमा समान्य गिरावट

बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ। 
नेप्सेमा समान्य गिरावट

काठमाडौं, असार ४ : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य गिरावट आएको छ। बुधबार १.०७ अंकले घटेर नेप्से २६५३.६८ को विन्दुमा कायम भएको छ।

बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ। 

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।  

आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन्। 

यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता आज १० प्रतिशतका दरले गुमाएका छन्। 

सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, असार ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्